पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउने भएपछि प्रतिलिटर दुई रुपैयाँ मुल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेट्रोलियम पाइपलाइन उद्घाटन पछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको घोषणा गर्नु भएको हो । निगमले डिजेल तथा मट्टितेलको नयाँ बजार मूल्य प्रतिलिटर ९५ र पेट्रोलको १०७ रुपैयाँ तोकेको छ ।
तोकिएको समयभन्दा अगाडि नै पाइपलाइन निर्माण परियोजना सम्पन्न भएकोमा खुशी हुँदै प्रधानमन्त्री ओलीले पेट्रोलियम पदार्थ ढुवानी गर्दा लाग्ने सय र पैसा बचत हुने, सडकमा गाडीको चाप घट्ने तथा वायुप्रदूषण घट्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले यो परियोजनाबाट नेपाल भारत बीचको सम्बन्ध अझै सुदृढ हुने समेत विश्वास व्यक्त गर्नुभयो । पाइपलाइनाबाट पेट्रोलियम पदार्थ आउन थालेपछि नेपाललाई ढुवानीमा खर्च हुने वार्षिक दुई अर्ब रुपैयाँ भन्दा बढी रकम जोगिने उहाँको भनाई छ ।
मङ्गलवार नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आआफ्नै देशबाट रिमोट थिचेर उक्त पाइपलाइनको उद्घाटन गर्नु भएको थियो ।







