कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छः महामन्त्रि कोईराला

नेपाली कांग्रेसका महामन्त्रि शशांक कोईरालाले कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्ने बताउनु भएको छ ।
वीपी कोइरालाको १०६ औं जन्मजयन्तिको अवसरमा मुलुकको भावि अर्थनिति र प्रजातान्त्रिक समाजवाद विषयक अन्तर्क्रिया कार्यक्रम एवं प्रजातान्त्रिक विचार समाज प्रदेश स्तरिय गोष्ठिको उद्घाटन गर्दै कोईरालाले यस्तो धारण राख्नु भएको हो ।
गुटवन्दिको अन्त्य गरी एकता कायम गरे कांग्रेसलाई कुनै पार्टिले हराउन नस्कने बताउँदै महामन्त्री कोइरालाले भन्नुभयो – 'कांग्रेसको कमजोरि नै विभाजन हुनु हो, त्यसलाई हटाएर अघि बढे मात्रै १ नम्बर पार्टी बनन सक्छ ।'
उहाँले विपिको समाजवादी चिन्तनले नेपाली समाजमा अझैपनि स्थान पाईरहेको बताउनु भएको छ ।
विपिकै विचारले समाजमा मात्र नभई विश्वमा नै अग्रस्थान पाईरहेको प्रति गर्व गर्दै उहाँले भन्नुभयो – 'समाजवादी अवधारणाकै आधारमा समाजमा व्याप्त धनी र गरिव विचको खाडल मेटिन्छ ।'
अन्तर्क्रिया पश्चात् कोईराला रूद्रेश्वर मन्दिर परिसरमा भईरएको बृक्षारोपण कार्यक्रममा समेत सरिक हुनुभएको थियो । आजै उहाँ रक्तदान कार्यक्रममा समेत सरिक हुनु भएको थियो ।







