नेपाली काङ्ग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छ- महामन्त्रि काेईराला

नेपाली काङ्ग्रेसको गुटवन्दि हटाएर एकता कायम गरे देशमा कुनै पार्टिले हराउन नस्कने बताउदै नेपाली काङ्ग्रेसको महामन्त्रि शशांक काेईरालाले नेपाली काङ्ग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छ भन्नुभयाे ।
पार्टीका संस्थापक नेता वीपी कोइरालाको १०६ औं जन्मजयन्तिको अवसरमा मुलुककाे भावि अर्थनिति र प्रजातान्त्रिक समाजवाद विषयक अन्तर्क्रिया कार्यक्रम एवं प्रजातान्त्रिक विचार समाज प्रदेश स्तरिय गाेष्ठिकाे उद्घाटन गर्दै काेईरालाले नेपाली काङ्ग्रेसको कमजाेरि भनेकै विभाजन हुनु हाे त्यसलाई हटाएर अघि बढ्नुपर्ने बताउनुभयाे ।
विपिसंग अाफुले विताएका पलहरू सम्झदै काेईरालाले विपिकाे समाजवादि चिन्तनले नेपाली समाजमा अझैपनि स्थान पाईरहेकाे बताउनुभयाे । विपिकै विचारले समाजमा मात्र नभई विश्वमा नै अग्रस्थान पाईरहेकाे प्रति गर्व गर्दै उहाँ भन्नुहुन्छ -"समाजबादि अबधारणाकै अाधारमा समाजमा व्याप्त धनी र गरिव विचकाे खाडल मेटिन्छ ।"
कार्यक्रम समापन पश्चात् काेईराला रूद्रेश्वर मन्दिर परिसरमा भईरएकाे बृक्षाराेपण कार्यक्रममा समेत सरिक हुनुभएकाे थियाे ।







