विपि स्मृति दिवसकाे अवसरमा रक्तदान

जननायक वीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसरमा २० जनाले अाज विहान हेटौंडामा रक्तदान गरेका छन ।
वीपी विचार समाज मकवानपुरको आयोजनामा र कोइराला सेवा समाज नेपाल मकवानपुरको संयोजनमा रक्तदान कार्यक्रम गरिएको हो ।
नेपाली कांग्रेसका महामन्त्री शसांक कोइरालाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा प्रदेश ३ का संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, पार्टीका जिल्ला उपसभापति विष्णुप्रसाद लामिछाने लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम वीपी विचार समाज मकवानपुरका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा भएको थियो ।







