रविलाई हिरासतमा राखि अनुसन्धान गर्न भन्दै सरकारि वकिल कार्यालय हेटाैडाले निवेदन दर्ता गर्याे

छहारी संवाददाता
भदौ २४, २०७६

उच्च सरकारि वकिल कार्यालय हेटाैडाले रवि लामिछाने सहितकाे टाेलिलाई पुन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने निवेदन दर्ता गरेकाे छ ।

उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले अाज उच्च अदालत पाटज हेटाैडामा पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल तथा आरोपित अस्मिता कार्कीलाई हिरासतमा नै राखेर अनुसन्धान गर्नुपर्ने निवेदन दर्ता भएको हाे ।

सोमबार उच्च अदालत पाटन, हेटौँडा इजलाशमा उच्च सरकारी वकिल कार्यालय हेटौंडाले निवेदन दिएको उच्च अदालत हेटौंडा इजलाशका रजिष्ट्रार विकास श्रेष्ठले जानकारी दिएका छन् । निवेदन उपर मंगलबार सुनुवाई हुने भएको छ ।

एक हप्ता अघि मात्रै धरौटीमा छुटेका लामिछाने र कँडेलले आफूले आत्महत्या दुरुत्साहन नगरेकाले साधारण तारिखमा रिहा हुनुपर्ने र विदेश जान प्रतिबन्ध लगाउन नहुने भन्दै जिल्ला अदालत चितवनको आदेश विरुद्ध निवदेन दर्ता गराएका थिए ।

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग लागेका लामिछाने र युवराज कँडेल जिल्ला अदालत चितवनले भदौ ९ गते क्रमशः पाँच र तीन लाख रुपैयाँ धरौटी मागेको थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*