परिवर्तनको नाममा राष्ट्रिय एकताकाे धराेहर भत्काइदै : कमल थापा

नेपालमा अामुल परिवर्तन गर्ने नाममा राष्ट्रिय एकताकाे धराेहरलाई भत्काउने कार्य भएकाे राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले बताउनुभएकाे छ ।
प्रकाश हाेटलमा राप्रपा मकवानपुरकाे अायाेजनामा प्रशिक्षक प्रशिक्षण कार्यक्रमकाे उद्घाटन गर्दै थापाले
सरकारले राष्ट्रिय संस्कृतिलाई कमजाेर बनाउने कार्य गरेकाे बताउनुहुँदै सरकारले राष्ट्रिय एकता र अखण्डतामा प्रश्न चिन्ह खडा भएकाे भन्नुभयाे ।
दुई तिहाई बहुमतकाे सरकारले जनतालाई सकारात्मक परिवर्तनकाे अनुभूति दिलाउन नसकेकाे अाराेप लगाउँदै गरथापा भन्नुहुन्छ-" ठुला कर्मचारि , नेता र व्यापारी मिलेर त्रिकाेणात्मक रूपमा राष्ट्रमा ब्रम्हलुट गरिरहेकाे भन्दै राेष प्रकट गर्नुभयाे ।
सरकारले नेपालमा राेजगारिकाे सिर्जना नगरी नेपाली युवाहरू निर्यात गरि पैसा कमाउने माध्यमका रूपमा प्रयाेग गरिरहेकाे दाेष लगाउदै थापाले धर्म परिवर्तनकाे कार्यलाई सरकारले उस्काउने काम गरिरहेकाे बताउनुभयाे ।
उहाँले अाफ्नाे पार्टि राप्रपालाई अागामि निर्वाचनमा सफल बनाउन देशभर नै प्रशिक्षण कार्यक्रम गराईरहेकाे र हालसम्म ३०/३५ जिल्लामा प्रशिक्षण सकिसकेकाे समेत जानकारि गराउनुभयाे ।
राप्रपा मकवानपुरका जिल्ला अध्यक्ष मधु अधिकारिकाे सभापतत्व तथा केन्द्रिय अध्यक्ष कमल थापाकाे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य दिपक सिंह, गणेश थापा लगायत १५०/१७० जनाकाे उपस्थिति रहेकाे थियाे ।







