क्याम्पसले गरेकाे साधारणसभाकाे प्रकृति विरूद्दमा ध्यानाकर्षण पत्र

मकवानपुर बहुमुखि क्याम्पसले साधारण सभा गरेकाे बिषयलाई लिएर नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखि क्याम्पसले ध्यानाकर्षण पत्र बुझाएको छ ।
सोमबार विद्यार्थी संगठनलाई बाहिर राखेर मकवानपुर बहुमुखि क्याम्पस क्याम्पस, हेटौंडा मकवानपुरले गरेको साधारण सभाका विषयमा संघले ध्यानाकर्षण पत्र बुझाएको हो ।
लामो समयदेखि क्याम्पस शैक्षिक भू–माफियाहरुको चक्रव्यूहमा फसेको क्याम्पसको आन्तरिक अनुसाशन र विद्यार्थीको नतिजाले पुष्टि गर्ने उल्लेख गर्दै संघले विद्यार्थी संगठनलाई बाहिर राखेर सभा गरेकोले असन्तुष्टि जनाएको छ ।
संघले क्याम्पसको शैक्षिक वातावरण सुधारमा टेवा पुग्ने उद्धेश्यले क्याम्पसमा भएका विकृतिहरु पुर्णरुपमा अन्त हुनुपर्ने माग राख्दै ध्यानाकर्षण गराएको छ ।
संघले निकालेको ध्यानाकर्षण पत्रमा विद्यार्थी संगठनको उपस्थितिमा क्याम्पस सभा लगायतका महत्वपूर्ण निर्णयमा सहभागी हुनुपर्ने, क्याम्पसको शैक्षिक गतिविधिहरु न्यून रहेकोले सेवा सुविधा भोग गरेर पनि नीजि शैक्षिक संस्थाको आर्थिक प्रलोभनमा परि गुणस्तरमा खेलवाड गर्नुुपर्नेलगायतका मागहरु उल्लेख गरेको छ ।







