गन्तव्य स्कुलकाे रूपमा विकास गर्ने : मन्त्री दुलाल

छहारी संवाददाता
भदौ २३, २०७६

देशका ८० प्रतिशत विधार्थिहरू सामुदायिक विधालयबाट नै उत्पादन हुन्छन त्यसैले सामुदायिक विधालयलाई अबकाे गन्तव्य स्कुलकाे रूपमा विकास गर्दै लैजाने सामाजिक तथा विकास मन्त्री युवराज दुलाले बताउनुभयाे ।

अाज हेटाैँडामा सम्पन्न ४० अाैं शिक्षा दिवस तथा अन्तराष्ट्रिय दिवसकाे अवसरमा बाेल्दै मन्त्री युवराज दुलालले शिक्षक पेशा गौरवको पेशा हाे विधार्थिहरूले अाफुभित्रकाे क्षमताकाे पहिचान गरेर शिक्षा अार्जन गर्न पाउने अवस्थाकाे सिर्जना चाडै हुने बताउनुभयाे । उहाँ अझै अघि थप्नुहुन्छ बिधालयकाे व्यवस्थापन राम्राे भयमा शिक्षा स्वत गुणस्तरयुक्त हुन्छ ।
अाफ्नाे मन्त्रालयले राष्ट्रिय शिक्षा नीति ल्याएकाे र
शिक्षकहरुलाई विभिन्न क्षमता अभिवृद्धिका तालिम सञ्चालन गरिने वताउदै उहाँ भन्नुहुन्छ-"शिक्षा क्षेत्रलाई तिन तहको सरकारले साझा अधिकारको रुपमा लिएकाे साझाअधिकार नै साझा कर्तव्य हाे जुन पूरा गर्नु सबकाे दायित्व हाे । शिक्षामा सबलिकरण भयकाे दिन अाउन टाढा छैन ।"
मन्त्री दुलालले कमजाेरहरूले उत्कृष्टबाट सिक्ने वातावरण विकास गर्नु पर्छ । गुनासाे निरासा र अालाेचना गरेर देश बन्दैन कर्तव्य निर्वाह गर्नुपर्छ भन्दै
प्रद्दति र प्राविधिक मात्र ठुलाे हाेईन मानव र प्रकृतिलाई ध्यानमा राखेर अघि वढ्नु ठुलाे भएकाे कुरा वताउनुभयाे । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*