शिक्षाकाे स्तरबृद्दि नहुनुकाे कारण अदक्ष शिक्षक:प्रदेश सभामुख

छहारी संवाददाता
भदौ २३, २०७६

अदक्ष शिक्षकले अध्यापन गराएपछि कहाँबाट शिक्षाकाे स्तराेन्नति हुन्छ त ! प्रदेश ३ सभाका सभामुख सानुकुमार श्रेष्ठले सामुदायिक विधालयमा ५ कक्षा पास गरेका शिक्षकहरूले १० कक्षा पढाउछन अनि कहाँबाट पढाइकाे स्तराेन्नति हुन्छ त भन्नुभयाे ।

उहाले ४०अाै शिक्षा दिवस तथा अन्तराष्ट्रिय दिवसकाे समाराेहमा बाेल्दै जबसम्म शिक्षाकाे प्रणालिमा परिवर्तन अाउदैन तवसम्म नेपालकाे शिक्षाकाे स्तर जहाँकाे तहि रहने कुरा बताउनुभयाे ।

कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले विधालयमा आवश्यक जनशक्ती खोजी गरि वैज्ञानिक शिक्षा प्रणालि लागू गरि प्राविधिक शिक्षामा जाेड दिनुपर्ने बताउनुभयाे ।

समारोहमा एसईई परिक्षामा उत्कृष्ट हुने प्रदेश ३ का विभिन्न संस्थागत र सामुदायिक विद्यालाई नगर सहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।

प्रदेश ३ को सामादायिक तर्फ उत्कृष्ट पाचौं हुन सफल बलम्ब माध्यामिक विद्यालय काठमाडौंलाई २५ हजार, चौथों हुन सफल पृथ्वीनारायण माध्यामिक विद्यालय काठमाडौंलाई २५ हजार, तृतिय हुन सफल ज्ञानोदय माध्यामिक विद्यालय काठमाडौंलाई ३० हजार, दोस्रो हुन सफल तरुण माध्यामिक विद्यालय बालाजु काठमाडौंलाई ४५ हजार र प्रथम हुन सफल भक्तपुरको मेघा माध्यामिक विद्यालयलाई साठी हजार सहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।

त्यसैगरि संस्थागत तर्फ उत्कृष्ट भई तेस्रो हुनेका भ्याली भ्यु इङ्लिस स्कुल नयाँवानेश्वरलाई ३० हजार, दोस्रो हुने नेपाल प्रहरी स्कुल साँगा भक्तपुरलाई ४५ हजार र प्रथम हुनेमा कपन काठमाडौंको रिलायन्स इंन्टरनेशनल एकेडेमीलाई ६० हजार नगद सहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रदेश सभाका कृषि,स्वास्थ्य तथा शिक्षा समितिका सभापति घनश्याम दाहाल, प्रदेश नीति तथा योजना आयोगका सदस्य डा.यमुना कंडेल,मन्त्रालयका शिक्षा विकास निर्देशनालयका कामु निर्देशक चन्द्रप्रसाद ढकाल लगायतकाले आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रम मन्त्री दुलालको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*