काङ्ग्रेस सुतेर बसेकाे छैन : नेता बानियाँ

नेपाली कांग्रेस ३ नम्बर प्रदेशका संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले
कम्युनिष्ट सरकारले कांग्रेस सुतेर बसेको छैन भन्दै कम्युनिस्ट सरकारले गरेका हरेक क्रियाकलाप हेरिरहेका बताउनुभएकाे छ ।
सरकार गठनको दुई वर्षमा जनतालाई अनेक नामबाट सास्त्री र डरत्रासमा मात्रै राख्न खोजेको बताउँदै
नेपाली कांग्रेस निकट नेपाल आदिवासी जनजाति विभागको बाग्मती गाउँपालिकास्तरीय भेला तथा संगठन सुदृढिकरण कार्यक्रममा बोल्दै नेता बानियाँले
काङ्ग्रेस सुतेर बसेकाे नठान्न अनुराेध गर्नुभएकाे छ ।
कम्युनिष्ट सरकार अहिले दुई तिहाईको दम्भ र बलमिच्याईमा सरकारी सम्पतिमा ब्रम्हुलट र दलालहरुको काम गर्न मात्रै अग्रसर भएर लागेको आरोप लगाउनुभएको छ ।
नेता बानियाँले कांग्रेसको भदौ २४ गतेबाट हुने दोश्रो चरणको जागरण अभियानमार्फत सशक्त ढंगले अघि बढ्ने र यो सरकार अझै नसुध्रिए तेश्रो चरणको जागरण अभियानबाट सरकारलाई ठूलै धक्का दिने बताउनु भएको छ ।
विभागका जिल्ला संयोजक भीमबहादुर भोम्जनको सभाध्यक्षता तथा नेता बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा आदिवासी जनजाति र तामाङ संघ बाग्मती गाउँपालिकास्तरीय कमिटिसमेत गठन गरेको छ ।
कार्यक्रममा छविलाल भोम्जनका अध्यक्षतामा २१ सदस्यीय नेपाल आदिवासी जनजाति संघ र डम्बरबहादुर भ्लोनको अध्यक्षतामा ९ सदस्यीय बाग्मती गाउँपालिकास्तरीय नेपाल तामाङ संघसमेत गठन गरिएको छ ।
गाउँपालिकास्तरीय भेला तथा संगन सुदृढिकरण कार्यक्रममा जिल्ला पार्टी सचिव एवं प्रशिक्षण विभाग प्रमूख बुद्ध लामा, जिल्ला सदस्यहरु कृष्णप्रसाद दाहाल, राजिव सुवेदी, चोकबहादुर ठाडामगर, भीमसेन महत, महासमिति सदस्य धर्मराज लामिछाने, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, शेरबहादुर लामा, गढी गाउँपालिका संयोजक दोर्जे लामा स्याङतान, नेपाल तामाङ संघका जिल्ला अध्यक्ष चम्फुरत्न लामा, डिल्लीप्रसाद घोरासैनी, फणिन्द्र तिमल्सिनालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।







