लिटिल स्टार चलचित्रकाे शुभारम्भ

छहारी संवाददाता
भदौ २२, २०७६

नेपाली कथानक चलचित्र “लिटिल स्टार”को आज हेटौँडामा शुभारम्भ गरिएको छ ।

एजे टिम हेटौँडाको ब्यानरमा निर्माण हुने नेपाल चलचित्र विकास वोर्डका सदस्य नरेन्द्र महर्जनले चलचित्रको शुभारम्भ गरेका हुन् ।

भुकम्प पछि आफ्नो अभिभावक गुमाएका वालवालिकालाई परेको समस्या, बालवालिका बेचविखनको अवस्थाका र शिक्षावाट के कारणले वालवालिका बञ्चित हुनुपरेको छ भन्ने विषयलाई उठान गरेर अजय वाईवाको निर्देशनमा बन्ने भएकाे छ ।

मकवानपुरकै कलाकार, छायाङ्कन्, र जिल्लामै सम्पादन हुने पहिलो चलचित्र मकवानपुरको लागि ऐतिहाँसिक चलचित्र हुने महर्जनले बताउनु भयाे ।

चलचित्र ३५ लाख रुपैँयामा निर्माण सम्पन्न हुने चलचित्रका निर्माता सुरेश लामाले बताए , चलचित्रलाई मकवानपुरको सुन्दर क्षेत्रहरु बकैया गाउँपालिका, हेटौँडा उपमहानगरपालिका लगाएतको स्थानमा छायाङ्कन गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

चलचित्रमा आयुष घलान, सुशिल वाईवा, राजेन्द्र बलामी, बिरेन्द्र लामा, अमित भट्टराई, सञ्जय मण्डल, कमला भोम्जन लगाएतको कलाकारको अभिनय रहेको छ । चलचित्रमा सन्तोष थोकरको द्वन्द निर्देशन रहेको छ । चलचित्रलाई तिहार पछि देशभर रिलिज गर्ने गरि काम गरिने वाईवाको भनाई रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*