फाेर्स माेटर्सकाे स्वरूमकाे उद्घाटन

हेटौंडा र आसपासका क्षेत्रमा फोर्स गाडीको सुविधा उपलब्ध गराउने उद्देश्यले फोर्स मोटर्सको आधिकारिक स्वरुमको सुभारम्भ गरेको छ ।
फाेर्स माेटर्सकाे आयातकर्ता आयाम इन्टरकन्टिनेन्टल प्रालिले हेटौंडामा एक कार्यक्रम गरि स्वरुम सञ्चालनमा ल्याइएको हाे ।
विगत ५ वर्षदेखि हिमालयन अर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा फोर्स गाडीको आयात तथा बिक्री गर्दै आइरहेको प्रालिका अध्यक्ष ध्रुवबहादुर थापाले बताउनुभयाे।
आइतबार मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुवबहादुर थापाले हेटौंडा–४ सानोपोखरामा रहेको स्वरुमको उद्घाटन गरेका हुन् ।
फोर्स मोटर्सले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे ट्रयाक्स क्रुजर जीप बिक्री गर्दै आइरहेको छ । साथै कार्गो किङ्ग पिकअप, ट्राभलर बस, मिनी बसहरु तथा एम्बुलेन्स पनि बजारमा बिक्री गरिरहेको जनाएको छ ।
देशभरका २२ वटा डिलर तथा सर्भिस नेटवर्कबाट फोर्स बिक्री भइरहेको प्रबन्ध निर्देशक निरन केसीले बताउनुभयाे । गाडीको काठमाडौंको गैरिधारामा र पोखराको चाउथेमा आफ्नै स्वरुम पनि रहेको उहाँले बताउनुभयाे ।
फोर्सले चाडपर्वको अवसरमा ग्राहकलाई विशेष छुटको योजनासमेत ल्याएको छ । फोर्स गाडी किन्ने ग्राहकले करिब चार लाखसम्मको छुट तथा विशेष उपहारहरु प्रदान गर्न सुरु गरेको प्रालिले जनाएको छ । गाडीहरुमा तीन लाख किमि वा तीन वर्षको वारेन्टी सुविधासमेत दिइएको हेटौंडा शाखाका प्रबन्धक विशाल भण्डारीले बताउनुभयाे।
आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुवबहादुर थापाको अध्यक्षतामा भएको हेटौंडा स्वरुप उद्घाटन कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको प्रमुख आतिथ्यता रहेको थियो ।







