अाज रातिदेखि माेवाईल सेवामा समस्या हुन सक्ने

छहारी संवाददाता
भदौ २१, २०७६

नेपाल टेलिकमले अाज राति ११:३० बजेदेखि जीएसएम मोबाइल सेवामा समस्या देखिन सक्ने जानकारि गराएकाे छ ।
टेलिकमकाे सेवालाई फोरजीमा अपग्रेड गर्न लागेकाले सेवामा समस्या देखिन सक्ने टेलिकमले जनाएको हो ।

हाल टेलिकमको फोरजी सेवा माघसम्ममा देशभर विस्तार गर्ने उद्देश्यले विस्तारको काम चिनियाँ कम्पनीहरु तिव्र रूपमा अघि बढिरहेकाे छ ।

कम्पनीले तत्कालै मुख्य शहररुमा फोरजी सेवा विस्तारका लागि विभिन्न प्राविधिक कामहरु गरिरहेको अवस्थामा मोबाइल सेवा प्रभावित हुन सक्ने टेलिकमको भनाइ छ ।

सिस्टम अपग्रेड हुँदा सेवामा कुनै समस्या आए मोबाइल अफ गरेर पुनः अन गर्न कम्पनीले सुझाव दिएको छ ।

यो सेवा अपग्रेड गर्दा देखिने समान्य समस्या भएकाले सकारात्मक सहयोग गर्न टेलिकमले आम ग्राहकसँग आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*