गढि दरवार अडियाे विमाेचन

छहारी संवाददाता
भदौ २१, २०७६

हेटाैडा/ अाज हेटाैडामा "गढि दरबार" काे अडियाे विमाेचन भएकाे छ ।

ओपेरा इन्फोटेन्टमेन्टको प्रस्तुति मकवानपुरको पर्यटकीय क्षेत्र झल्कने गित “गढी दरबार”को अडियो जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बिमोचन गर्नुभएको हाे ।

प्रकाश लम्सालको लेखन, घनश्याम ढकालको संगितमा रहेको गीतलाई संगिता आले, सुष्मा राना, इश्वर बोगटी र पुष्कर नेपालले स्वर दिएकाे अडियाेले पर्यटन प्रवर्धनमा सहयाेग पुग्ने देखिन्छ ।
अडियो विमोचन कार्यक्रममा बोल्दै प्रमुख खुलालले गीतले मकवानपुरको पर्यटनको प्रचारमा थप टेवा दिने बताउनुहुँदै गीत संगित मार्फत पर्यटन प्रर्वद्धनलाई थप टेवा पुग्ने विश्वास लिनुभएकाे छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*