खाध स्वच्छता सम्वन्धि रिपोर्टिङ तालिम सम्पन्न

छहारी संवाददाता
भदौ २१, २०७६

खाध पदार्थ प्रयाेग गर्दा त्यस संग सम्वन्धित चुनाैति र फाईदा दुवै हेरेर अघि बढ्नुपर्ने खाध प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सोमकान्त रिजालले बताउनुभएकाे छ ।

आज तालिमकाे समापन तालिममा बाेल्नुहुँदै रिजालले खाध पदार्थका कारण नै हामीलाई २०० भन्दा बढि राेगहरू लाग्ने गरेकाे जानकारि गराउनुभएकाे थियाे ।

कार्यक्रममा खाध प्राविधिक सुशील काेईरालाले मानव शरिरलाई अावस्यक पाेषक तत्वका सम्वन्धमा जानकारि गराउनुभएकाे थियाे । सन्तुलित रूपमा अाहार ग्रहण गर्ने हाे भने कुनै पनि किसिमकाे राेगबाट सिकार हुनुनपर्ने काेईरालाले जिकिर गर्नुभएकाे थियाे ।

त्यस्तै खाध प्राविधिक सहायक अनिता लामिछानेले खाध स्वच्छता र जाेखिम विषयमा सहजिकरण गर्नुभएकाे छ ।

तालिमकाे समापन कार्यक्रम नेपाल पत्रकार महासंघ मकवानपुरकि उपाध्यक्ष सरिता दहालकाे प्रमुख अातिथ्यता तथा खाध प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख साेमकान्त रिजालकाे सभाध्यक्षतामा भएकाे थियाे । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*