अस्पतालमा विरामिकाे चापका कारण शैयाकाे अभाव

सम्झना घिमिरे/ हेटाैंडा अस्पतालमा केही महिनायता बिरामीको सँख्या बढेसँगै भर्ना हुने वार्ड तथा आकस्मिक सेवाका शैयाको अभाव बढ्दै गएको छ ।
बिशेषगरि बर्षायाम सुरूभएदेखि डेंगु र स्क्रबटाइफसका बिरामी बढेपछि शैया अभाव हुने समस्या बिकराल बन्दै गएको हो । अस्पतालमा बिरामीलाई शैया पाउन कठिन हुने गरेको छ भने कर्मचारीलाइ शैया व्यवस्थापन गराउन कठिन बन्दै गएको छ ।
करिव ३०० जना विरामिकाे मात्र उपचार गराउन सक्ने क्षमता रहेकाे अस्पतालमा हाल दैनिक ५०० देखि ७०० जना सम्म विरामिकाे उपचार गराउन बाध्य हुनुपरेकाे हेटाैडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पाैडेलले बताउनुभयाे ।
उहाँ भन्नुहुन्छ-अस्पतालमा अाएका विरामिलाइ सकेसम्म फिर्ता पठाउन नपराेस भन्ने हाम्राे चाहना हाे तर अस्पतालकाे ११० वटा शैया मात्र रहेकाेमा यउटै शैयामा २/३ जना राखेर भएपनि उपचार गराइरहेका छाै ।
दुइ महिनाअघि हेटौंडामा डेंगु, स्क्रब टाइफस तथा मौसमी ज्वरोको कारण बिरामीको चाप बढ्दै गएको छ ।
अस्पतालले नयाँ निर्माणाधिन भवन तयार नभएसम्म स्थानको अभावमा अझै दश महिना सम्म शैया थप गर्न नसक्ने हेटौंडा अस्पताल बिकास समितिको भनाइ छ ।
गत वर्षदेखि अस्पतालमा स्वास्थ्य विमाका कारण समेत विरामिकाे चाप अत्यधिक बढेकाे छ। आफ्नो स्वास्थ्यबारे जनचेतना आइ उपचार गराउन बिरामी स्वास्थ्य सँस्थामा उपचारका लागि जानु सकारात्मक छ । तर सम्बन्धित निकायले दिर्घकालीन योजनासहित काम गर्नुपर्ने देखिन्छ ।







