खाने तेल सम्वन्धि निर्देशिका बन्दै

हेेेेटाैडा/ खाने तेलमा अत्यधिक मिसावट हुने गरेकाे हुँदा तेल सम्वन्धि विविध विषयहरूलाई व्यवस्थित गर्ने उद्देश्यले निर्देशिका बन्दै रहेकाे खाध प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटाैडाले जनाएकाे छ ।
खाने तेल उत्पादन, प्रशाेधन तथमविक्रि वितरणमा समस्या रहेकाे बताउदै खाध निर्देशक खगेन्द्र खतिवडाले तेल सम्वन्धि लेवलिङ, मिसावट, पिभि समस्या, भ्रमपुर्ण विज्ञापनलाई नियन्त्रण गर्न निर्देशिका अाउने तयारिमा रहेकाे बताउनुभयाे ।
त्यस्तै पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ जारी भएपछि मकवानपुरका उद्योगमा प्रशोधित पानीमा सुधार आएको समेत उहाँले वताउनुभयाे ।
शुक्रबार पत्रकारहरुलाई खाद्य स्वच्छता सम्बन्धि तालिममा सहजीकरण गर्दै कार्यालयले यस्तो बताएको हो ।
खाद्यपदार्थमा हुने मिसावट, गुणस्तरहीनता, खाद्य पदार्थमा बिषादी प्रयोगको प्राबिधिक बिषय तथा खाद्य पदार्थसँग सम्बन्धित कानुनी प्राबधानका बिषयमा सञ्चारकर्मीहरुलाई जानकारी दिइएको छ ।
पछिल्ला समय बनेका कानुनले खाद्य पदार्थमा हुने मिसावट रोक्न केही हदसम्म प्रभावकारी भुमिका खेलेको कार्यालयका प्रमुख सोमकान्त रिजालले बताउनुभयो ।
हेटौंडाका २० भन्दा बढी सञ्चारकर्मीहरुको सहभागिता रहेको तालिम शनिबारसम्म सञ्चालन हुनेछ ।







