पत्रकारहरूलाई खाध स्वच्छता रिपोर्टिङ सम्वन्धि तालिम

खाध स्वच्छता सम्वन्धमा कसरी रिपोर्टिङ गर्ने भन्ने सम्वन्धमा अाज खाध प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले पत्रकारहरूलाई तालिम प्रदान गरेकाे छ ।
सञ्चार माध्यममा अाउने समाचारहरूले दाेहाेराे र नकारात्मक सन्देश जाने किसिमका सन्देश अाम जनता सामु नपुर्याअाेस भन्ने उद्देश्यले मकवानपुरका विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चाकर्मीहरुलाई दुई दिने खाद्य स्वच्छता रिर्पोटिङ सम्बन्धित तालिम प्रदान गरेकाे हाे ।
दुई दिन सञ्चालन हुने तालिममा कार्यालयका प्रमुख सोमकान्त रिजालले खाद्य स्वच्छताको जोखिम पहिचान, त्यसको व्यवस्थापन र सुचना प्रवाह कसरी गर्ने र खाद्य स्वच्छताको जोखिम र खाद्य सुरक्षामा मिडियाको भुमिका कस्तो हुनुपर्ने जस्ता विषयमा जानकारी दिनुभएकाे थियाे ।
आज पहिलो दिन कार्यालयका सुचना अधिकारी तथा खाद्य अनुसन्धान अधिकृत आकाश काफ्लेले खाध स्वच्छता ऐनमा भएका व्यवस्थाका बारेमा जानकारि गराउनुभएकाे थियाे ।
तालिममा खाद्य निरीक्षक खगेन्द्र खतिवडाले खाद्य ऐन, नियम तथा नियमावलीहरुमा भएका मुख्य मुख्य व्यवस्था सम्वन्धि जानकारी दिनुभएकाे थियाे ।
खाद्य अनुसन्धान अधिकृत सृर्जना महर्जनले फुड पोईजन विषयमा र खाद्य निरीक्षक सरोज पौडेलले प्रोसेस फुड र जंक फुड विषयमा सहजीकरण गर्नुभएकाे थियाे ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले आयोजना गरेको तालिममा २० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।







