सुनको मुल्य तोलामा १४ सय रुपैयाँ घट्यो

सुनको मुल्य आज तोलामा १४ सय रुपैयाँ घटेको छ ।
सुनको मुल्य आज तोलाको ७२ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको भाय तोलाको ७३ हजार ४ सय रुपैयाँ तोकिएको थियो ।
चाँदीको भाउ तोलामा ४० रुपैयाँ घटेर तोलाको ९ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।







