नेकपा चितवनमा वडा नेतृत्वमा भागवण्डा

छहारी संवाददाता
भदौ २०, २०७६

नेकपा चितवनका ७ वटा स्थानिय तहका ९८ वटा वडा मा ५२ वडा पुर्व नेकपा एमाले तथा ४६ वडा पुर्व माअाेवादि केन्द्रकाे नेतृत्व रहने गरि भागवण्डा भएकाे छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनको दोस्रो बैठकले जिल्लाका ७ स्थानीय तहका ९८ वडा कमिटीको साविक नेकपा एमालेले र माओवादी केन्द्रवीच वडाको नेतृत्वमा भागबन्डा गरिएको हो ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह भरतपुर महानगरपालिकाका २९ वडामध्ये १५ वटा वडामा पूर्वएमाले र १४ वटामा पूर्वमाओवादीले नेतृत्व लिने सहमति गरेका छन् ।

पूर्वी चितवनको राप्ती नगरपालिकाका १३ वडामध्ये ७ वटा पूर्वएमाले र ६ वडा पूर्वमाओवादीको भागमा परेको छ ।

यस्तै, खैरहनी नगरपालिकाका १३ मध्ये ७ वटा पूर्वएमाले र ६ पूर्वमाओवादीको भागमा परेको छ ।

रत्ननगर नगरपालिकाका १६ वडामध्ये पूर्वएमाले र पूर्व माओवादीको भागमा ८/८ वडा परेका छन् ।

कालिका नगरपालिकाका ११ वडामध्ये ६ वटा पूर्वएमाले र ५ वटा पूर्वमाओवादीको भागमा परेको नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिए ।

चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाका ७ वडामध्ये ४ वटा पूर्वएमाले र ३ वटा पूर्वमाओवादी केन्द्रको भागमा परेको अध्यक्ष परियारले जानकारी दिए ।

यस्तै, माडी नगरपालिकाका ९ वडा मध्ये ५ वटामा पूर्वएमालेले र ४ वटा वडा कमिटीको नेतृत्व पूर्वमाओवादीले गर्ने भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*