क्यान्सर पिडित दमाईलाइ लालखवरकाे अार्थिक सहयाेग

छाला क्यान्सर पिडित ११ वर्षीय रेनुकाे उपचारका लागि लालाखबर डटकमले अार्थिक संकलन गरि अाज चेक हस्तान्तरण गरेकाे छ ।
हेटौंडाबाट रेड राइजिङ मिडिया पालिद्धारा सञ्चालित लालखबर डटकमले छालाको क्यान्सरबाट पीडित ११ वर्षीय रेनु दमाईलाई आर्थिक सहयोग गरेको छ ।
११ वर्षीया रेनू दमाईको उपचारका लागि १८ हजार १ सय ८५ रुपयाँको चेक अध्यक्ष राजा सापकोटा र कार्यालय संयोजक राजेश गरिबले क्यान्सर पिडितका पिता सीताराम दमाइलाइ हस्तान्तरण गरेका हुन् ।
लालखबरका कार्यलय संयोजक ‘गरिब’ को संयोजकत्वमा जनहितका लागि आर्थिक सहयोग संकलन अभियान बाट संकलित रकम बिरामीका बुवा सिताराम दमाईलाई शुक्रबार हेटौंडाको न्युज क्लब नेपालमा एक कार्यक्रममा चेक हस्तान्तरण गरेका थिए ।
छाला क्यान्सर पिडितको उपचारमा १२ लाखभन्दा बढी रकमको आवश्यकता परेकोले र परिवारले रकम जुटाउन नसक्ने भएपछि आर्थिक सहयोगका लागि अपिल गरेको हुदाँ केहि रकम संकलन गरेर सहयोग गरेको संयोजक गरिबले बताए ।
सहयोगकै भरमा चितवन स्थित भरतपुर क्यान्सर हस्पिटलमा उपचार भईरहेको छ र छाला क्यान्सरले पिडीत भएकी रेनु बहिनीको उपचारमा अत्याधिक धनराशीको आवश्यकता परेपछि उपचारका लागि लालाखाबर डटकमले पनि केहि आर्थिक संकलन गर्न सकिन्छकी भनेर अभियानमा जुटेर संकलन भएको थोरै रकम पिडीतलाई हस्तान्तरण गरिएको संयोजक गरिबले बताए।







