देशभर मौसम बदली, भारी वर्षाको सम्भावना

आज देशभर मौसम बदली रहने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरी आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
पश्चिमि र मध्य भेगका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । आज राति देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहितको वर्षा हुनेछ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली भई मध्य र पश्चिम भूभागका केहि स्थानहरुमा वर्षा भईरहेको छ । रातभर वर्षा भएको काठमाडौं उपत्यकामा मौसम अझै खुल्न सकेको छैन ।







