प्रधानमन्त्री ओली स्वदेश फर्कंदै

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कनु हुनेछ ।
प्रधानमन्त्री ओली स्वास्थ्य उपचार गरी सिंगापुरबाट आज स्वदेश फर्कन लाग्नुभएको हो । उहाँ थाई एयरवेजको विमानबाट दिउँसो साढे १२ बजे नेपाल आइपुग्ने बताइएको छ ।
स्वास्थ्य स्थिति बुझ्न भन्दै सिंगापुर जानुभएका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडल पनि प्रधानमन्त्री ओलीसँगै आज फर्कदै हुनुहुन्छ ।
मिर्गाैलासम्बन्धी एण्टिबडीको उपचारका लागि प्रधानमन्त्री ओली गत भदौ ५ गते सिंगापुर जानुभएको थियो । उपचारकै क्रममा सिंगापुरमा रहँदा प्रधानमन्त्री ओलीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत् मन्त्रिपरिषदका सदस्यसँग सरकारको कामको बारेमा छलफल गर्नुभएको थियो ।







