प्रदेश प्रमुख समक्ष महान्याधिबक्ता थपलियाद्वारा वार्षिक प्रतिवेदन पेश

छहारी संवाददाता
भदौ २०, २०७६

नम्बर ३ प्रदेशका मुख्यन्यायधिवक्ता ओमप्रसाद थपलियाले आज अार्थिक बर्ष ०७५/०७६ काेबार्षिक प्रतिवेदन प्रदेश प्रमुख अनुराधा कोईराला समक्ष प्रस्तुत गर्नुभएको छ ।

नेपालको संविधान र मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी मुख्य न्यायधिवक्ताले प्रत्येक वर्ष आफूले सम्पादन गरेको कामको वार्षिक प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने व्यवस्था रहे अनुरूप अाज प्रतिवेदन हस्तान्तरण भएकाे हाे ।

प्रदेश प्रमुख कोइरालाले उक्त बार्षिक प्रतिवेदन पुन: प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हस्तान्तरण गर्नुभएकाे थियाे ।
शाखा अधिकृत गाेविन्द अाचार्यद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा कार्यालयको भौतिक स्थिति, कार्यबोझ, विनियोजित रकम र उपलब्धि समेतको समिक्षा गरी मुख्य न्यायाधिवक्ताको कार्यालयको कार्यसम्पादन सुधार र संस्थागत विकासका लागि सुझावहरु प्रस्तुत गरिएको छ ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, प्रमुख सचिब, मन्त्रालयका सचिबहरु, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुला, उपप्रमुख भगवती पुणासैनी, सुरक्षा निकायका प्रमुखहरु, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतकाको सहभागिता रहेको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*