संविधान दिवस मनाउन उपसमितिहरू गठन

छहारी संवाददाता
भदौ १९, २०७६

असाेज ३ गते संविधान दिवसलाई भव्यताका साथ मनाउन प्रदेश नं ३ सरकारले विभिन्न उपसमितिहरू गठन गरेकाे छ ।

असोज ३ गतेको संबिधान दिवसलाई भव्यताका साथ असाेज २ , ३ र ४ गते तीन दिन सम्म मनाउन प्रचार प्रसार उपसमिति गठन गरेको हाे ।
 

संबिधान दिवसको समारोह तथा कार्यक्रमका लागि प्रदेश सरकारको निर्णयअनुसार बिहिबार प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ ।

१ सय २१ सदस्यीय प्रचार प्रसार उपसमितिमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, सञ्चार रजिष्ट्रार, पत्रकार महासँघ प्रदेश समितिका अध्यक्ष लगायत पत्रकार महासँघका प्रदेश नम्बर तीनका १३ वटा जिल्लाका अध्यक्षहरु रहेका छन्

यस्तै बिहिबार नै प्रदेश ३ का सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाको संयोजकत्वमा ५ सदस्यीय सञ्चार परिचालन समिति समेत गठन गरिएको छ । संबिधान दिवसको अवशरमा प्रदेशले असोज २ गते विभिन्न खेलकुद कार्यक्रमका साथै संबिधानका बिषयमा गोष्ठिहरु आयोजन गर्ने जनाएको छ ।

यस्तै असोज ३ गते बिहान ७ बजे प्रादेशिक बिबिधता झल्कने गीत नृत्य झाँकी सहित सुरक्षाकर्मीको परेड सहितको र्यालीले हेटौंडाको सिमाचोक देखि मकवानपुर बहुमुखी क्याम्पसमा सभा गरिने मुल आयोजक समितिको कार्यक्रम छ ।

यस्तै असोज ४ गते सार्वजनिक स्थलमा बृक्षारोपण गरिने , रक्तदान कार्यक्रम गरिनेछ । यस्तै प्रदेशका सबै स्थानीय तहलाई संबिधान दिवसको कार्यक्रम गर्न अनुरोध गरिने मन्त्री जमकट्टेलले बताउनुभयो ।

यस्तै तिनै दिन सार्वजनिक स्थलहरुमा राष्ट्रिय झन्डा फहराउने र सरकारी कार्यालयहरु, सामाजिक सँस्थाहरु, प्रतिष्ठानहरुमा दिपावली गरिने कार्यक्रम तय गरिएको छ । यसअघि प्रदेश सरकारले संबिधान दिवस भव्य रुपमा मनाउन मुख्यमन्त्रीको संयोजकत्वमा ५१ सदस्यीय मुल आयोजक समारोह समिति गठन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*