प्रदेश ३ सरकारले संविधान दिवसलाई विशेष बनाउने

छहारी संवाददाता
भदौ १९, २०७६

यस वर्षकाे संविधान दिवसलाइ भव्यताका साथ तीन दिन सम्म मनाउने तयारि भईरहेकाे जानकारि गराइएकाे छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कानुन मन्त्रि शालिकराम जमकट्टेलकाे अध्यक्षतामा मकवानपुरका सञ्चारकर्मीहरुसंग आज बसेकाे बैठकमा जानकारि गराइएकाे

दिवसको अवसरमा असोज २ गते नगर सरसफाई, सञ्चार माध्यममा परिसम्वाद कार्यक्रम गरिने, पत्रपत्रिकामा शुभकामना लेख रचना प्रकाशन गर्ने, खेलकुदका कार्यक्रम गर्ने, खुल्ला सडक दौड गर्ने। संविधान विषयक विचार गोष्ठी गर्ने र साँझ दीपावली गरिने मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले बताए ।

३ गते विगुल बजाउने, तोप र बन्दुक बढाई गर्ने, सबै क्षेत्रका प्रतिनिधिमुलक र्याली निकाली नगर परिक्रमा गर्ने,
सार्वजानिक स्थान र चोकहरुमा नेपालको झण्डा फहराउने, सहिदको आत्माको चिर शान्तिका लागि मठमन्दिर, गुम्बा, चर्च, मष्जिदमा पुजापाठ गरिने र साँझ दीपावली गरिने सचिव सिंहले बताउनुभयाे ।

४ गते संविधान दिवसको दिन सार्वजानिक स्थलर कार्यालय परिसरहरुमा बृक्षारोपण गर्ने, खुल्ला रक्तदान कार्यक्रम गरिने, साँझ दीपावली गरिने उहाँले बताउनुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*