संबिधान र कानूनमा अन्तरलिङ्गीलाई बिभेद भए त्यसको अन्त्य गर्छौंः बिष्णु ओझा

राष्ट्रिय समावेशी आयोगकी कार्यबाहक अध्यक्ष बिष्णु ओझाले नेपालको संबिधान र कानूनले अन्तरलिङ्गी, समलिङ्गी, तेस्रो लिङ्गीहरुलाई कहाँ बिभेद गरेको छ त्यसको अन्त्य गर्ने वताउनु भएको छ ।
राष्ट्रिय समावेशी आयोगले आज काठमाण्डौमा आयोजनामा गरेको अन्तरलिङ्गीहरुसंग अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै आयोगकी कार्यबाहक अध्यक्ष ओझाले सबैको विभेद अन्त्य गर्न आफुहरु सदैब लागिपर्ने वताउँनुभयो । उहाँले भन्नुभयो–‘आजबाट तपाईहरुको समस्या समाधानका लागि बहस सुरु भएको छ । हामी यो समस्या समाधान गरेरै छोड्छौ । अब अर्को चरणमा सबैलाई समेटेर कार्यक्रम पनि गछौं ।’
आजदेखि सबै फरक फरक भएपनि एकै रुपमा बुझ्नुपर्ने बताउँदैउहाँले सबैखालका पहिचान बोकेका अन्तरलिङ्गीहरुसंगको छलफलपछी निस्कर्षमा पुगिने बताउनुभयो ।
सबैका असहमतीका बुँदालाई समेटेर त्यसबाट सहमती निकाल्न सकिने कार्यबाहक अध्यक्ष ओझाले बताउनुभयो । कार्यक्रममा आयोगका सचिव बासु शर्मा, आयोगका कर्मचारीहरु, अन्तरलिङ्गीहरु लगायतकाको सहभागिता रहेको थियो ।







