कांग्रेसले प्रदेश ३ का सात जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने, मकवानपुरमा दोस्रो चरणमा

छहारी संवाददाता
भदौ १९, २०७६

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश–३ का सात जिल्लामा दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कांग्रेसले प्रेस विज्ञप्ती जारी गर्दै काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछापका महाधिवेशन प्रतिनिधिहरुलाई आगामी भदौ २० र २१ गते भक्तरपुरमा प्रशिक्षण दिने जनाएको हो ।

प्रशिक्षणमा सहभागी हुने महाधिवेशन प्रतिनिधिले भाद्र २० गते विहान ८ देखि १० वजेसम्म नाम दर्ता गर्नु पर्ने कांग्रेसले जनाएको छ ।

प्रदेश ३ का बाँकी ६ जिल्लाहरु रसुवा, नुवाकोट, धादिड।, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिहरुका लागि मकवानपुरमा पछि प्रशिक्षण सञ्चालन गरिने काङ्ग्रेस केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिनुभयो ।

यस्तै प्रदेश १ को धनकुटा र मोरड, प्रदेश २ को जनकपुरधाम र वीरगञ्ज तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको भीमदत्त नगरपालिकामा महाधिवेशन प्रतिनिधिहरुका लागि प्रशिक्षण दिने आचार्यले बताउनुभयो । जनपत्र

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*