संविधान दिवसको दिन राजपा विरोधमा उत्रने

छहारी संवाददाता
भदौ १९, २०७६

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले संविधान दिवसको विरोध गर्ने निर्णय गरेको छ ।

सरकारले संविधान जारी भएको असोज ३ गतेलाई भव्य रूपमा मनाउने तयारी गरिरहेका बेला राजपा भने विरोधमा उत्रने भएको हो ।

अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवको अध्यक्षतामा हिजो बसेको अध्यक्ष मण्डल बैठकले संविधान संशोधनको मुद्दा सम्बोधन नभएकोले संविधान दिवसको देशैभर विरोध गर्ने निर्णय गरेको हो ।

‘संविधान संशोधनको मुद्दा सम्बोधन नभएकोले राजपा नेपालले विगतमा संविधान जारी भएको मिति असोज ३ गतेलाई विरोध दिवसको रूपमा मनाउँदै आएकोमा सो कार्यलाई निरन्तरता दिँदै असोज ३ गते देशव्यापी विरोध दिवस मनाउने निर्णय भएको छ,’ संयोजक यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैविच ९राजपा० ले बाराको निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने जनाएको छ ।

प्रदेश नम्बर २ ले प्रस्तावित विमानस्थलमा रूख काट्न नदिने बताएपछि राजपाले कुनै पनि बाहना देखाएर निजगढबाट अन्यत्र विमानस्थल सार्न नहुने बताएको हो ।

राजपा अध्यक्ष मण्डलको हिजो नै बसेको बैठकपछि संयोजक यादवले विज्ञप्ति निकालेर ‘कुनै पनि नाम, बाहना र कारण देखाएर अन्यत्र वा अन्यथा गर्ने चर्चा–परिचर्चा प्रति राजपाको गम्भीर ध्यानाकर्षण भएको’ उल्लेख गर्नुभएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*