साढे १३ कठ्ठामा लगाएको केराखेती नष्ट गर्नेको खोजी जारी (फोटो फिचर)

छहारी संवाददाता
भदौ १८, २०७६

मकवानपुरको हेटौँडा उपमहानगरपालिका १२ भोर्लेमा रहेको नमोबुद्ध कृषि फर्ममा लगाइएको केराका साढे सात सय बोटहरु अज्ञात समूहले काटिदिएका छन् ।

गएराती फर्मको साढे १३ कठ्ठा क्षेत्रफलमा लगाइएको केराखेती पूर्ण रुपमा नष्ट गरेको अवस्थामा पाइएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष ललित घलानले जानकारी दिनुभयो ।

परम्परागत कृषिलाई छाडेर आधुनिक कृषि तर्फ आकर्षित युवाहरुको सपनामाथि धावा बोल्दै अज्ञात समूहले सयौँ केराका बोटहरु काटेका हुन् । युवाहरुको कामलाई हतोत्साही गराउनेगरी भएको घटनाले कृषि क्षेत्रलाई त्रसित पारेको उहाँले बताउनुभयो ।

फर्ममा पुगेका वडाअध्यक्ष घलानले दोषी पत्ता लगाएर कडाभन्दा कडा कार्वाही गरिनुपर्ने बताउनुभयो । घटनामा संलग्न व्यक्तिहरुको खोजी सुरु गरिएको प्रहरी चौकी पदमपोखरीले जानकारी दिएको छ । फर्ममा गत वर्ष ३ लाखको लागतमा बिरुवा र मल ल्याएर लगाइएको थियो ।

खेती गर्दा र ज्याला तथा स्याहार सुसारमा लाखौँ रुपैयाँ खर्च भएको र समय पनि लागेको फर्मका सञ्चालक बलराम वलले बताउनुभयो ।

आफूहरुले मकै तथा कोदो खेतीलाई बिस्तापित गरेर महिनौ मिहिनेत गरेर तयार पारेको केराखेती नष्ट हुँदा ठुलो घाटा व्यहोर्नु परेको बलले बताए । केराको बोट काट्नेलाई कडा कारवाहीको माग गर्दै उनले क्षतिपूर्तिका लागि समेत माग गरे ।

 नमोबुद्ध कृषि फर्ममा लगाइएको केराका साढे सात सय बोटहरु अज्ञात समूहले काटिदिएका छन् । गएराती फर्मको साढे १३ कठ्ठा क्षेत्रफलमा लगाइएको केराखेती पूर्ण रुपमा नष्ट गरेको अवस्थामा पाइएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष ललित घलानले जानकारी दिनुभयो ।

परम्परागत कृषिलाई छाडेर आधुनिक कृषि तर्फ आकर्षित युवाहरुको सपनामाथि धावा बोल्दै अज्ञात समूहले सयौँ केराका बोटहरु काटेका हुन् ।

युवाहरुको कामलाई हतोत्साही गराउनेगरी भएको घटनाले कृषि क्षेत्रलाई त्रसित पारेको उहाँले बताउनुभयो । फर्ममा पुगेका वडाअध्यक्ष घलानले दोषी पत्ता लगाएर कडाभन्दा कडा कार्वाही गरिनुपर्ने बताए ।

घटनामा संलग्न व्यक्तिहरुको खोजी सुरु गरिएको प्रहरी चौकी पदमपोखरीले जानकारी दिएको छ । फर्ममा गत वर्ष ३ लाखको लागतमा बिरुवा र मल ल्याएर लगाइएको थियो ।

खेती गर्दा र ज्याला तथा स्याहार सुसारमा लाखौँ रुपैयाँ खर्च भएको र समय पनि लागेको फर्मका सञ्चालक बलराम वलले बताउनुभयो ।

आफूहरुले मकै तथा कोदो खेतीलाई बिस्तापित गरेर महिनौ मिहिनेत गरेर तयार पारेको केराखेती नष्ट हुँदा ठुलो घाटा व्यहोर्नु परेको बलले बताए । केराको बोट काट्नेलाई कडा कारवाहीको माग गर्दै उनले क्षतिपूर्तिका लागि समेत माग गरे । मुर्चुँगा टिभी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*