सुनको मुल्य एकैदिन तोलामा एक हजार रुपैयाँले बृद्धि 

छहारी संवाददाता
भदौ १८, २०७६

सुनको मुल्य आज एकैदिन तोलामा एक हजार रुपैयाँ बढेकोे छ ।
सुन आज एक हजार रुपैयाँ बढेर तोलाको ७३ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गएको ९ गते सुन अहिलेसम्मकै महंगो तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो ।त्यसयता घट्दै गएको सुनको मुल्य आज फेरि ९ गते कै कायमभएको छ ।

हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुन तोलाको ७२ हजार ५ सय रुपैयाँ थियो । अमेरिका र चीनबीच व्यापारिक गतिरोध बढेकाले मुल्य बढेको महासंघले जनाएको छ ।

यस्तै, चाँदी तोलामा ४५ रुपैयाँ बढेर तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*