डेंगु र स्क्रवटाइफसले ४ जनाको मृत्यु
-1567522078.jpg)
चितवनमा डेंगु र स्क्रवटाइफसका कारण ४ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
डेंगु र स्क्रबटाइफसबाट भरतपुरस्थित चितवन मेडिकल कलेजमा ३ जना र पुरानो मेडिकल कलेजमा १ सहित ४ जनाको उपचारका क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ।
गैँडाकोटका नगरपालिका २८ वर्षीय युवतीको स्क्रबटाइफसबाट पुरानो मेडिकल कलेजमा र अन्य तीन जनाको डेंगुका कारणले चितवन मेडिकल कलेजमा मृत्यु भएको चितवनका किट नियन्त्रक राम केसीले जानकारीदिनुभयो ।
भरतपुर महानगरपालिमा डेंगुको संक्रमण उच्च
भरतपुर महानगरपालिका क्षेत्रमा डेंगुको संक्रमण अति उच्च देखिएको चिकित्सकहरुले बताएका छन् ।
वडा २,३ र ४ नम्वर क्षेत्रमा डेंगु प्रभावितहरुको संख्या अधिक रहेको उनीहरुले बताएका हुन् । जिल्लाका विभिन्न अस्पतालमा साउन यता १ हजार ९ सय ८ जना विरामीमा डेंगु परीक्षण गर्दा ६ सय २३ जनामा संक्रमण भेटिएको छ ।
डेंगुको संक्रमित मध्ये ४५५ जना चितवनका रहेका छन् । चितवन भित्रका मध्ये पनि ४१४ जना भरतपुर महानगरपालिकका विरामी रहेका छन् । स्क्रबटाइफसका बिरामीको तथ्यांक भने संकलन गर्ने क्रम जारी नै छ ।
महानगरमा डेंगुको संक्रमणको दर अधिक भएपछि गरिएका जनचेतनामूलक कार्यक्रम त्यति प्रभावकारी बन्न सकेको छैन । दैनिक माइकिङ गर्ने, लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने जस्ता कार्य वडा तहसम्म भइरहेको महानगरको दावी छ ।
ज्वरोसँगै फैंलिएको डेंगु र स्क्रवटाइफसका कारण जिल्लाका अधिकांश सरकारी तथा नीजि अस्पतालहरु भरिएका छन् ।
भरतपुर अस्पतालको आकस्मिक कक्षमा दुई जना र भुँईमा समेत विरामी राख्नु परेको अस्पतालले जनाएको छ । कीट स्वास्थ्य मन्त्रालयसँग माग गरिरहेको भएपनि बिरामीको माग अनुुसार उपलब्ध नभएको अस्पतालले गुनासो गरेको छ। अनलाइनखबर







