दुई हजार कर्मचारीका लागि विज्ञापन खुल्यो

छहारी संवाददाता
भदौ १८, २०७६

गृह मन्त्रालयले दुई हजार जना कर्मचारीका लागि विज्ञापन खुलाएको छ ।

गृहको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले एमआईएस अपरेटरका कर्मचारी माग गरेको हो । उनिहरु राजपत्र अनङ्कित प्रथम श्रेणी सरहका हुनेछन् । इच्छुकहरूले अनलाइनबाट दरखास्त पेश गर्न पाउने गृह मन्त्रालयले जनाएको छ ।

सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत देशैभरका ७ सय ५३ वटा स्थानीय तहमा सेवा इकाइका लागि कर्मचारी माग गरिएको हो ।

एमआईएस अपरेटर र फिल्ड सहायक पदमा खुला प्रतिस्पर्धाबाट करारमा कर्मचारी राख्ने गृहले आज गोरखापत्रमा निकालेको सूचनामा उल्लेख छ ।

दरखास्तका लागि १५ दिनको समय दिइएको छ । एमआईएस अपरेटर नौ सय ९४ जना र फिल्ड सहायक ९राजपत्र अनङ्कित द्वितीय श्रेणी० नौ सय ९५ जना कर्मचारी माग गरिएको गृहले जनाएको छ ।

१८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन पाउनेछन् । प्लस टु र एसएलसी वा सो सरह उत्तिर्ण गरेकोले दरखास्त दिन पाउने सूचनामा उल्लेख छ ।

उम्मेदवारले दुई वटा पदमै दरखास्त दिन चाहने हो भने बेग्लाबेग्लै दरखास्त फारम भर्न पनि गृहले अनुरोध गरेको छ । नाम निकाल्नेहरूले कम्तीमा एक बर्ष रोजगार पाउनेछन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*