गाडी खरिदबारे छानबिन समितिले प्रतिवेदन बुझायो 

छहारी संवाददाता
भदौ १८, २०७६

गाडी खरिदबारे छानबिन गर्न गठित संसदीय समितिले खरिदमा आर्थिक अनियमतिता नभएको निष्कर्षसहितको प्रतिवेदन सभामुख कृष्णबहादुर महरालाई बुझाएको छ ।

समितिले अनियमितता भएको ठोस प्रमाण नपाइएको भन्दै खरिदलाई वैधानिकता दिने गरी तयार पारिएको प्रतिवेदन आज सभामुख महरालाई बुझाएको हो ।

संसदीय समितिका सभापतिहरुका लागि संसद सचिवालयले खरिद गरेको ११ वटा स्कारपियो गाडी प्रयोगमा आएको एक महिनामै बिग्रन थालेपछि सभामुख कृष्णबहादुर महराले पाँच सदस्यीय छानबिन समिति बनाउनुभएको थियो ।

राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित विधायन व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनाराणय बिडारीको संयोजकत्वमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदनमा खरिद प्रक्रियामा कुनै कमजोरी नरहेको र प्राविधिक हिसाबले पनि गाडी ठीकै रहेको उल्लेख गरिएको छ ।

छानबिन समितिले गाडी खरिदबारे थप निर्णय गर्ने अधिकार सभामुखलाई नै दिएको छ । प्रतिवेदन बुझेपछि सभामुख महराले अध्धयन गरेर आवश्यक निर्णय लिने बताउनुभयो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*