प्रधानमन्त्री ओलीद्वारा भिडियो कन्फेरेन्स

छहारी संवाददाता
भदौ १८, २०७६

सिङ्गापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिप्रिजेन्स प्रविधिमार्फत दोश्रो पटक क्याविनेट सदस्यहरुसँग छलफल गर्नुभएको छ ।

आज १ बजेर १० मिनेटदेखि प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग छलफल गर्नुभएको हो । छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो उपचारबारे जानकारी दिनु भएको र मन्त्रीहरुले आफ्नो कामका बारे प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।

यसअघि पनि प्रधानमन्त्री ओलीले टेलिप्रिजेन्स प्रविधिमार्फत सिंगापुरबाटै मन्त्रीहरुसँग छलफल गर्नुभएको थियो ।

त्यसबेला विदेशबाट मन्त्रिपरिषद् बैठक गरेको भन्दै सरकारको चर्को आलोचना भएको थियो । साथै, बैठकको वैधानिकता, गोपनियता र साइबर सुरक्षाबारे पनि प्रश्न उठाइएको थियो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*