प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका दुई नेता सिंगापुर जादै

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ ।
मिर्गौलासम्बन्धी विकारयुक्त एन्टिबडी निष्कासन गर्न प्लाज्मा फेरेसिस उपचार विधि अपनाएपछि उहाँको स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन । उहाँ शुक्रबार उपचार सकेर फर्किने कार्यक्रम रहेको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर जादै हुनुहुन्छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न र उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन दुवै नेता त्यसतर्फ जान लाग्नु भएको हो ।
आज दिउँसो १ बजे सिंगापुरतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । उपचारअघि ओलीलाई भेट्ने र सँगै फर्किने दुई नेताको योजना रहेको छ । प्रधानमन्त्री भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर जानु भएको थियो ।







