पत्रकार बन्न परीक्षा पास गर्नुपर्ने सांसदको प्रस्ताव 

छहारी संवाददाता
भदौ १६, २०७६

कानुनमै पत्रकारको योग्यता तोक्न सांसदले मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएका छन् ।

नेकपाका १४ जना राष्ट्रियसभा सांसद्ले संसद सचिवालयमा दर्ता गराएको संशोधन प्रस्तावमा पत्रकारिता पेशामा प्रवेश गर्नेहरुको परीक्षा लिनुपर्ने उल्लेख छ ।

‘पत्रकारिता व्यवसायी परीक्षा’ भनिने यस्तो परीक्षा मिडिया काउन्सिल अन्तर्गतको परीक्षा समितिले लिनेछ । काउन्सिलले वर्षमा दुईपटक पत्रकारिता पेशामा प्रवेश गर्नका लागि परीक्षा सञ्चालन गर्ने र त्यसका लागि पाठ्यक्रम पनि काउन्सिलले नै तयार गर्ने संशोधन प्रस्तावमा उल्लेख छ ।

पत्रकार बन्ने व्यक्तिले मौखिक र लिखित दुवै परीक्षा दिनुपर्ने संशोधनमा उल्लेख गरिएको छ ।

पत्रकारको रूपमा दर्ता हुन पत्रकारिता विषयमा स्नातक उपाधी भएको हुनुपर्ने वा अन्य कुनै विषयमा स्नातक गरेको भए तीन वर्ष काम गरेको हुनुपर्ने वा निरन्तर सञ्चार प्रतिनिधि भई पाँच वर्ष काम गरेको हुनुपर्नेछ ।

त्यसपछि उनीहरुले पत्रकारिता व्यवसायी परीक्षा उतीर्ण हुनुपर्ने र नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएको हुन नहुने प्रावधान विधेयकमाथिको संशोधन प्रस्तावमा उल्लेख गरिएको छ । सिआईएन
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*