मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते

हेटौंडा ५ पिप्लेमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्री घाइते भएका छन्।
क्याम्पाडाँडाबाट सानो पोखरा जाँदै गरेको बा ८६ प ५०८७को मोटरसाइकलले ठक्कर दिँदा हेटौंडा ५ बानियाँटोलका हरि चन्द्र सापकोटा घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेलाई हेटौंडा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन रेफर गरिएको छ ।
मोटरसाइकल चालक हेटौंडा १० का २१ बर्षीय रोमेक्स लामा पनि घाइते भएकोर उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकल प्रहरी नियन्त्रणमा छ।







