प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचार लम्बियो

स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट थालिएको नयाँ उपचार बुधबारसम्म जारी रहने भएको छ ।
हालसम्म पाँच पटक सोही प्रक्रियाबाट मिर्गौला सम्बन्धी एन्टीबडीलाई निराकरण गरिएको छ । भोली छैटौं र बुधबार सातौं चरणको प्रक्रिया सम्पन्न भएसँगै उपचार पूरा हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको उपचारमा संलग्न निजी चिकित्सक डा. दिलिप शर्मालाई उद्धृत गर्दै प्रेस सल्लाहकार कुन्दन अर्यालले हाल प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो । प्रधानमन्त्री गत भदौ ५ गते दोस्रो चरणको स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएको थियो । सिआईएन







