डेंगु नियन्त्रण बाहिर, ४२ जिल्लाका १५ सय भन्दा बढि संक्रमित

सरकारले डेंगु नियन्त्रण बाहिर नरहेको र लामखुट्टे नियन्त्रणका लागि पहल भईरहेको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले डेंगु महामारीका रुपमा फैलिएको भनेर गरिएको प्रचार गलत भएको बताउनुभयो ।
उहाँले तात्कालिन र दिर्घकालिन योजना बनाएर सरकारले काम गरिरहेको बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, केही महिनाअघि सुनसरीमा देखिएको डेंगु अहिले ४२ जिल्लामा फैलिएको छ भने, १५ सय भन्दा बढि नागरिक संक्रमित भएका छन् । सीआईएन







