बसपार्कबाट औषध नाईट्रोभेट बरामद

छहारी संवाददाता
भदौ १६, २०७६

जिल्ला प्रहरी कार्यलय मकवानपुरले हेटौडा १० बसपार्कबाट ३७० ट्याबलेट लागु औषध नाईट्रोभेट बरामद गरेको छ ।

प्रहरी सहायक निरिक्षक सुरेन्द्र हजराको कमाण्डमा खटिएको गस्ती टोलिले बसपार्कको भित्री गल्लिमा शंकास्पद अवस्थामा हिडिरहेका हेटौडा ११ बस्ने २२ वर्षका अनुप कप्रौला र ओसार पसारमा संलग्न हेटौडा ११ कै २० वर्षका राज श्रेष्ठलाई पक्राउ गरेको छ ।

चेकजाँजका  क्रममा  लुकाई छिपाई ल्याएको लागु औषध नाईट्रोभेट सहित उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*