राक्सिराङ र कैलाश गाउँपालिकामा पुगेर लागुऔषध गाँजा फडानी 

छहारी संवाददाता
भदौ १६, २०७६

मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा लगाइएको लागुऔषध गाँजा रअफिम जिल्ला प्रहरी कार्यालय मकवानपुरले फडानी गरेको छ ।

मकवानपुरका एसपी मुकेशकुमार सिंहका कमान्डमा खटिएका टोलीले राक्सिराङ र कैलाश गाउपालिकामा डेढ विगाह गाँजाका बोट तथा १ कठ्ठामा लगाइएको गाँजाको व्याड नष्ट गरेको हो ।

समुदाय प्रहरी साझेदारी अन्तरगतका विभिन्न समितीहरुसंगको सहकार्यमा लागु औषधको सेवन तथा उत्पादन र कारोबार विरुद्ध सचेतनामुलक पर्चा पम्पेट समेत वितरण गरिएको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*