खटाइएको ठाउँमा तीन दिनभित्र हाजिर हुन सहसचिवहरुलाई निर्देशन 

छहारी संवाददाता
भदौ १६, २०७६

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेशमा सरुवा गरिएका वरिष्ठतम सहसचिवहरुलाई तीन दिनभित्र खटाइएको ठाउँमा हाजिर हुन निर्देशन दिएको छ ।  

सरकारले निजामती ऐन अनुसार वरिष्ठ सहसचिवहरुलाई प्रदेश मन्त्रालयका सचिव बनाएर सरुवा गरेको थियो । तीमध्ये कतिपय खटाइएको ठाउँमा गइसकेका छन् भने कतिपय हाजिर भएका छैनन् ।

संघीय मामिला मन्त्रालयले आज राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र विभिन्न मन्त्रालय तथा निकायहरुमा पत्राचार गरी सरुवा भएका तथा कामकाज गर्न खटाइएका सहसचिवहरुलाई खटाइएका निकायमा रमाना लिई हाजिर हुन गएको जानकारी तीन दिनभित्र पठाउन भनेको छ ।

मन्त्रिपरिषदको भदौ ४ गतेको बैठकले सहसचिवहरुको सरुवा गरी सातै प्रदेशका मन्त्रालयमा वरिष्ठ सहसचिवहरुलाई खटाएको थियो ।  

मन्त्रालयले सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई समेत बोधार्थ पठाई सम्बन्धित प्रदेशबाट अन्यत्र सरुवा भएका कर्मचारीलाई पनि तीन दिनभित्र रमाना दिन भनेको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*