एटीएम ह्याकिङमा संलग्न ५ जना चिनिया नागरिकलाई सार्वजनिक गर्ने तयारी

छहारी संवाददाता
भदौ १५, २०७६

विभिन्न बैंकका एटीएमबाट रकम चोरी भएपछि केही बैंकले काठमाण्डौ उपत्यकामा एटीएम बन्द गरेका छन् । 

चिनिया ह्याकरहरुले नक्कली एटिएम कार्ड बनाएर १ करोड भन्दा धेरै रकम झिकेपछि नविल, प्रभुलगायका केही बैंकले एटीएम बन्द गरेका हुन् ।

लुटिएको रकम अझै बढ्न सक्ने राष्ट्र बैंकले जनाएको छ । ह्याकरहरुले केही बैंकको सिस्टम नै ह्याक गरेको र केही नक्कली एटीएम बनाएर पैसा झिकेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

एटीएम र बैंकिङ प्रणालीको सुरक्षाको बारेमा छलफल गर्न अहिले राष्ट्र बैंकमा बैठक बसिरहेको छ ।ह्याकिङमा संलग्न ५ जना चिनिया नागरिकलाई प्रहरीले पक्राउ गरेको छ, उनीहरुलाई दिउँसो सार्वजनिक गर्ने तयारी भैरहेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*