सुर्खेतमा गाई मारिएको बिषयमा छानबिन सुरु

सुर्खेतमा गाई मारिएको बिषयमा सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले आजबाट काम थाल्ने भएको छ ।
हिजो मन्त्रालयले मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले आजैदेखि छानबिन सुरु गर्ने समितिकिा संयोजक पाठकले सीआईएनसंग बताउनुभयो ।
समितिका सदस्यहरुको आज बैठक बस्ने र त्यपछि काम अघि बढ्ने उहाँले बताउनुभयो ।
गृहमन्त्रालयले गाई हत्याको बिषयमा छानबिन गरी त्यसको प्रतिवेदन बुझाउन समितिलाई १५ दिनको समय दिएको छ । यो समितिले अबको १५ दिनभित्र गौहत्याको विषयमा छानबिन प्रतिवेदन बुझाउने मन्त्रालयका प्रवत्ता रामकृष्ण सुवेदीले विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ ।
नेपालगञ्जबाट दैलेखको श्रीस्थान लैजाने भन्दै सुर्खेत पुर्याइएका दुईसय ९१ गाई मध्ये २४ वटा गाई गोरु वीरेन्द्रनगरको भीरमा खसालिएका कारण मरेका थिए । यही घटनाको छानिबन गर्न मन्त्रालयले समिति गठन गरेको हो ।







