सामान्यदेखि आंशिक वर्षा हुने
मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम बदली भई वर्षा हुने जनाएको छ ।
विभागका अनुसार मनसुनि न्यून चापिय रेखा औसतभन्दा केहि दक्षिण तर्फ सरेकोले त्यसतर्फ सामान्यदेखि आंशिक वर्षा हुनेछ ।
अहिले पश्चिमी भू–भागमा सामान्य बदलीका साथै मध्य तथा पुर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा साथै पूर्व र मध्यका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षा भइरहेको छ ।
यस्तै आज राति देशभरी आंशिकदेखि सामान्य बदली रही पूर्व र मध्यका थोरै स्थानहरुमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
विभागले देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षा हुने भएकोले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।







