लाेपाेन्मुख जाती बनकरिया बस्तिमा हाेम स्टे

सम्झना घिमिरे/ देशमै करिव ५०० जनाकाे संख्यामा रहेका बनकरिया जाति लाेपाेन्मुख अवस्थामा छन् ।
सबैभन्दा बढि झुण्ड अवस्थामा मनहरी गाँउपालिका ४ बनकरिया मुसेधापमा यिनिहरूकाे बासस्थान रहेकाे छ जहाँ ७९ जना रहेका छन ।
उक्त स्थानमा बसाेबास गर्ने २१ परिवारका बनकरियाहरू परम्परागत अवस्थाबाट माथि उठेका छन । उनिहरूले मनहरि गाउपालिककाे सहयाेगमा होम स्टे भवन निर्माण गरेका छन ।
गाँउपालिकाबाट प्राप्त ५ लाखबाट निर्माण थालिएको होम स्टे भवनको निर्माण ९० प्रतिशत सकिएको छ । बैशाखबाट निर्माण सुरू भएपनि पुरा हुन नसकेपछि यसबर्ष पनि आवश्यक बजेटको बिनियोजन गर्ने वडा अध्यक्ष ध्रुव खड्काले जानकारी दिनुभयो ।
लोपोन्मुख जनजातिको रुपमा रहेको बनकरियाहरुले आफ्नो स्थानमा पर्यटन बिकासका लागि होम स्टे शुरुवात गर्न लागेको हो ।
बनकरिया बस्तीमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले भ्रमण गरि बास बस्नुभएको घरलाई होमस्टेको रुपमा बिकास गर्न बस्ती नै लागि परेको छ ।
होमस्टे निर्माण पुरा भएपछि बनकरिया बस्तीलाई नै आर्थिक रुपमा लाभान्वित हुने स्थानीय सन्तोषी बनकरियाले बताउनुभयो ।
यस्तै होम स्टे शुरु भएपछि पर्यटक आउदाँ बनकारियाका सँस्कृति तथा रहनसहन चिनाउन लागिपर्ने स्थानीयको भनाइ छ ।







