भ्रमण वर्ष सफल बनाउन विदेश गएरै निमन्त्रणा

रिपेश दाहाल (रासस) वैदेशिक भ्रमणमा रहेको युवा समिति मकवानपुरका अध्यक्ष लगायतको मकवानपुरे टोलीले भ्रमण वर्ष २०२० लाई सफल बनाउन नयाँ अभियान सुरु गरेको छ ।
मलेसिया, कम्बोडिया, भियतनाम, इन्डोनेसिया लगायतका पर्यटनका लागि प्रसिद्ध विभिन्न मुलुकहरुको भ्रमणमा गएको युवा समितिका अध्यक्ष सन्तोष चौलागाई सहित हेटौंडाका युवा व्यवसायीहरु समेतको ६ सदस्यीय टोलीले भ्रमणका क्रममा भेटिएका समबन्धित देशका नागरिक तथा पर्यटकहरुलाई नेपालको पर्यटकीय स्थल, प्राकृतिक स्वन्दर्यता लगायत झल्कने प्रचार सामाग्री वितरण गर्नुका साथै निमन्त्रणा समेत गरिएको समितिका अध्यक्ष सन्तोष चौलागाईले जानकारी दिनुभयो ।
यसरी भ्रमणमा निस्कÞदा आफÞनो देशले पर्यटन प्रवद्र्धन गर्न चालेको कÞदममा हाम्रो पनि साथ होस भन्ने उद्देश्यले आफु पुगेकÞो ठाऊमा नेपाल घुम्न निम्तो गरिएको उहाँको भनाई छ ।
“पर्यटनको अथाह सम्भावना भएको हाम्रो देसको बारेमा विभिन्न देशका पर्यटक साथीहरूलाई जानकारी गराइयो ” उहाँले भन्नुभयो । राज्यसंग कराएर मात्र हुदैन राज्यले चालेका सकारात्मक कदमहरुमा रहेक नागरिकले साथ दिनुपर्छ उहाँको भनाई छ ।
कतिपय पर्यटकहरुले नेपालको स्वन्दर्यताको बारेमा थाहा पाएको र उनीहरु नेपाल आउन समेत चाहेको हुँदा सरकारले पनी पूर्वाधारहरू तयार गर्नु आवश्यक छ र प्रचार प्रसारमा जोड दिनु आवश्यक देखिएको छ हाल कम्बोडियामा रहनुभएका चौलागाईले राससलाई भन्नुभयो ।
पर्यटन वर्षलाई सफल बनाउन हरेक नागरिकले आआफ्नो स्थानबाट साथ सहयोग गर्नुपर्ने उहाँको धारणा छ । सो क्रममा झण्डै एक हजार पर्यटकहरुलाई नेपाल भ्रमणको निम्तो दिइएको युवा व्यवसायी कमल मैनालीले जानकारी दिनुभयो ।







