बनकरिया बस्तिमा तिज कार्यक्रम (फोटो फिचर)

"हामीलाई बासस्थानकाे रूपमा हालकाे बनकरिया बस्ति कायम भए हामी भुमिहिन भएर बस्नुपर्ने थिएन ।" बनकरिया बस्तिकी सन्ताेषि बनकरिया भन्छिन ।
उनी उक्त बस्तिकि एकमात्र जेटिय पढेकि १८ बर्षिय युवती हुन । उनी उक्त बस्तिकाे स्तराेन्नतिकाे लागि शिक्षा र भुमिकाे अावश्यकता रहेकाे बताउँछिन ।
रेडियो सरोबरको आयोजनामा मनहरी गाँउपालिका ४ स्थित बनकरिया बस्तीमा तिज बिशेष कार्यक्रममा बाेल्दै उनले बनकरिया बस्ति परम्परागत स्तरबाट अाधुनिकता तर्फ अाईपुग्नुमा प्रताप विष्टकाे उल्लेखनिय हात रहकाे प्रति कृतज्ञता व्यक्त गरिन ।
अाफ्नाे बस्तिमा अब हाेम स्टेका मार्फत बनकरिया जिवनशैलिलाई विश्वसामु चिनाउने र पर्यटनमा सहयाेग पुर्याउने उनकाे ईच्छा समेत व्यक्त गरिन ।
अाफ्नाे बस्तिका वालबालिकाहरूकाे शैक्षिक स्तर बढाउन टिउसन पढाउदै आएकि सन्ताेषिले स्टेशनरि सामानकाे अभावमा पढाइलाई समेत बिचमै छाड्नु परेकाे तर रेडियाे सराेवरले स्टेशनरि सामान उपलव्ध गराउँदा पढाइलाई निरन्तरता दिन पाएकाेमा खुसि व्यक्त गरेकी थिइन ।
तिज बिशेष कार्यक्रममा स्थानीय २१ घरका बनकरिया बस्तीका ७९ जना बनकरियाहरुलाई दर खुवाइएको थियो ।
पत्रकार महासँघ ३ नम्बर प्रदेश अध्यक्ष प्रताप बिष्टको प्रमुख आतिथ्यता तथा रेडियाे सराेवरका स्टेसन म्यानेजर राजु शाश्वत लामिछानेकाे सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाँउपालिका वडा नम्बर ४ का अध्यक्ष ध्रुव खड्का, वडा सदस्य गोमा गौतम, लगायत स्थानीयको सहभागिता रहेको थियो ।







