रेडियो सरोवरले यसपाली पनि वनकरियालाई दर खुवाउने

छहारी संवाददाता
भदौ १२, २०७६

रेडियो सरोवर ९२.५ मेगाहर्जले यसपाली पनि वनकरियाहरुलाई दर खुवाउने भएको छ ।

मकवानपुर घरजग्गा व्यवसायी संघको सहयोगमा रेडियो सरोवरले बिहीबार मनहरी गाउँपालिका–४ हाँडिखोला, ट्वाङ्ग्रा बस्तीमा बस्ने वनकरियाहरुलाई दर खुवाउन लागेको हो ।

नजिकिँदै गरेको हरितालिका तीजको अवसरमा विभिन्न संघसंस्था तथा राजनितिक दलहरुले दर खाने कार्यक्रमको आयोजना गरिरहेको भएपनि भड्किलो रुपमा तीजका कार्यक्रमहरु गर्नुभन्दा केही सकारात्मक सन्देश दिने उद्धेश्यले वनकरिया बस्तीमा दर खाने कार्यक्रमको आयोजना गरिएको रेडियोका स्टेसन म्यानेजर राजु शाश्वत लामिछानेले बताउनुभयो ।

खुशी होऔँ, खुशी बाडौँ भन्दै उहाँले विभिन्न राजनितिक दल तथा संघसंस्थाहरुले गरिब तथा सुकुम्बासी बस्तीमा गएर यस्ता कार्यक्रमहरुको आयोजना गर्नुपर्नेमा जोड दिनुभयो । रेडियोले गत वर्ष पनि उक्त बस्तीमा दर खाने कार्यक्रमको आयोजना गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*